२०८१ साउन १२, शनिवार , ०५:५७:०३ बजे

Sajhamanch
'

रणवीर कपूरको ‘रामायण’ सबैभन्दा महंगो भारतीय फिल्म, बजेट ८३५ करोड भारु तय

बुधवार, जेठ २, २०८१

बलिउड निर्देशक नितेश तिवारीको महत्वाकांक्षी प्रोजेक्ट ‘रामायण’ यतिबेला चर्चामा छ । केही उतारचढावपछि अन्ततः छायांकन सुरु हुन लागेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

छायांकन सेटबाट केही तस्वीर लीक भएका छन् जसले प्रतीक्षा बढाएको छ । यो फिल्मलाई लिएर पछिल्लो अपडेट छ जसले दर्शकलाई थप कौतुहल तुल्याउने छ ।रणवीर कपूर स्टारर यो फिल्म अहिलेसम्मकै महंगो र महत्वाकांक्षी भारतीय फिल्म बन्ने भएको छ । निकट स्रोतका अनुसार, ‘रामायणः भाग १’को लागि निर्माताले १० करोड अमेरिकी डलर बजेट विनियोजन गरेको पुष्टि गरेका छन् ।

स्रोतलाई उध्दृत गर्दै बलिउड हंगामाले लेखेको छ, ‘रामायण फिल्म मात्र होइन भावना हो र निर्माताले यसलाई विश्वव्यापीस्तरको फिल्म बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।’निर्माता नमित मल्होत्राले शानदार र भव्य फिल्म बनाउन आफ्नो विश्वब्यापी अनुभवलाई प्रणालीमा लगाइरहेका छन् । ‘१०० मिलियन अमेरिकी डलर (८३५ करोड भारु)को बजेट रामायणको पहिलो भागको लागि मात्र हो । फ्रान्चाइजी बढ्दै जाँदा यसलाई थप विस्तार गर्ने उनको योजना छ । यसो गरेर निर्माता दर्शकलाई रणवीर कपूरसँग भगवान रामको रूपमा भिजुअल ट्रीट दिन चाहन्छन्’ स्रोतले भन्यो ।

सन् २०२२ मा रिलिज भएको रणवीर कपूरको ‘ब्रम्हाष्त्र’ ४५० करोड भारुमा बनेको थियो । यो फिल्म त्यतिबेलाको सबैभन्दा महँगो हिन्दी फिल्म थियो । निर्माताहरु ‘रामायण’सँग नयाँ कीर्तिमान मात्र हैन, हिन्दी फिल्मको लागि मापदण्ड तय गर्न पनि तयार छन् ।‘रामायण’को बजेट लगभग ८३५ करोड भारु तय छ । फिल्मको लागि ६०० दिनको पोस्ट–प्रोडक्सन काम आवश्यक छ जसले केही मौलिक दृश्य सिर्जना गर्न लगानी आवश्यक पर्ने कुरालाई दर्शाउँछ । ‘रामायणलाई मेगा बजेट बनाउने उद्देश्य भारतीय सिनेमालाई विश्व स्तरमा लैजाने हो’ स्रोतले भन्यो ।

यो फिल्ममा ‘केजीएफ’ स्टार यश लंकापति रावणको भूमिकामा देखिनेछन् । साई पल्लवी माता सीताको भूमिकामा देखिनेछिन् । रिपोर्टमा विश्वास गर्ने हो भने रणवीरले यो भूमिकाको सुटिङका क्रममा आफू पूर्ण शाकाहारी भएको दाबी गरेका छन् ।एजेन्सी

सम्बन्धित खबर