२०८१ असार ६, बिहिवार , ११:२३:३४ बजे

Sajhamanch
'

नयाँ वर्षको दोस्रो कारोबार दिन शेयर बजार झण्डै १७ अङ्कले घट्यो

सोमवार, वैशाख ३, २०८१

काठमाडौं । नयाँ वर्षको दोस्रो कारोबार दिन पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ८२ अङ्कले घटेर दुई हजार छ दशमलव ५२ विन्दुमा झरेको छ । हिजो नयाँ वर्षको पहिलो कारोबार दिन शेयर बजार दुई अङ्कभन्दा धेरैले घटेको थियो ।आज सबै समूहको शेयर घटेकोमा उत्पादन, होटल, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गुराँस लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन माच्छापुच्छ्रे डिबेन्चर २०८७ र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज तीन सय १४ वटा कम्पनीको ७२ लाख २३ हजार कित्ता शेयर दुई अर्ब ७९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको १७ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

सम्बन्धित खबर