२०८१ वैशाख १९, बुधवार , १०:३२:४२ बजे

Sajhamanch
'

एनएमसीको डेरी उद्योग व्यवसायका कर्मचारीलाई उत्प्रेरणा तालिम

बुधवार, चैत २८, २०८०

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को शिक्षा तथा तालिम उपसमितिले बुधबार कर्मचारीस्तरीय उत्प्रेरणामूलक कार्यक्रम गरेको छ ।

एनएमसीको पूर्ण स्वामित्वमा ८ वर्षदेखि सञ्चालनमा रहेको डेरी उद्योग र व्यवसायमा कार्यरत कर्मचारीहरुलाई उनीहरुको काम, कर्तव्य र भूमिकाबारे प्रशिक्षण दिइएको हो ।

कार्यक्रमलाई संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी र आयोजक उपसमिति सदस्य अर्जुनप्रसाद थपलियाले सहजीकरण गरेका थिए ।

डेरी व्यवसायको सभाहलमा भएको कार्यक्रममा डेरी व्यवसाय उपसमिति सहसंयोजक नारायण बस्नेत, सदस्य रमा भण्डारीलगायतको आतिथ्यता रहेको थियो ।

आयोजक उपसमिति संयोजक डम्बरबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसमिति सदस्य गोपाल काफ्ले र सञ्चालन उपसमितिको सदस्य सचिव हिरन कट्टेलले गरेकी थिइन् ।

सम्बन्धित खबर