२०८१ असोज ३, बिहिवार , ०३:५७:४२ बजे

Sajhamanch
'

एलसी कारोबार घट्यो, बैंकको आम्दानीमा असर पर्ने

आइतवार, फागुन २५, २०७६

कोरोना भाइरस (कोभिड–१९) का कारण चीनबाट वस्तु आयात बन्द भएपछि वाणिज्य बैंकहरूमा प्रतीतपत्र ९एलसी० खोल्नेको संख्या र कारोबार रकममा कमी आउन थालेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा समग्र प्रतीतपत्र खोल्ने काम २० प्रतिशतले घटेको छ । भन्सारबाट प्राप्त हुने राजस्व घट्नुको एउटा कारण एलसीको कारोबारमा कमी आउनु पनि हो । तथ्यांकअनुसार चालू आवको मंसिर, पुस र माघमा २७ ओटा वाणिज्य बैंकबाट रू। ६ अर्ब बराबरको सामान एलसीमार्फत आयात भएको छ, जबकि गत आवको सोही अवधिमा रू। १२ अर्बको एलसी खोलिएको थियो । अहिले एलसी खोल्नेको संख्या कम हुँदा त्यसको प्रभाव स्वरूप ६ महीनापछि नेपालमा वस्तु आयात घट्नेछ । व्यापारीहरूले चीनबाट सामान आयात गर्दा एलसीमार्फत मात्र गर्दैनन् । अन्य माध्यमबाट पनि भुक्तानी गर्ने चलन छ । चीनतर्फ मात्र होइन, अन्य देशका लागि पनि एलसी खोल्न कम भएको बैंकहरूको भनाइ छ ।

विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्र– २०७६ ले एलसीमार्फत कारोबार गर्दा सामान खरीद गर्ने १ सय ८० दिनअघि नै व्यवसायीले वाणिज्य बैंकमा एलसी खाता खोलेर प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंकका अनुसार परिवर्त्र्य विदेशी मुद्रा भुक्तानी हुने गरी भारतबाहेक अन्य मुलुकबाट मालसामान आयात गर्दा वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकमा प्रतीतपत्र खोल्नुपर्छ । प्रतीतपत्र कारोबार रोकिएपछि यसबापत प्राप्त हुने कमिशन आय घट्नेछ । त्यस्तै एलसी कारोबार घट्दा विदेशी मुद्रा विनिमयबापत हुने कमाइ पनि घट्ने बैंकहरूको भनाइ छ । व्यापार घटेपछि बैंकहरूले यसका लागि प्रवाह गर्ने ऋण पनि घटेको छ ।

अभियान दैनिकबाट ।

सम्बन्धित खबर