२०८१ मंसिर ७, शुक्रवार , ०७:०६:३८ बजे

Sajhamanch
'

सुनको मूल्य : प्रतितोला ८२ हजार ५ सय

शुक्रवार, फागुन २३, २०७६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी मात्रामा वृद्धि भएको छ । शुक्रबार एकैदिन सुनको मूल्यमा प्रतितोला १८ सय रुपैयाँ वृद्धि भएको छ ।

बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १८ सय रुपैयाँले बढेर प्रतितोला ८२ हजार ५ सय पुगेको छ । यो नेपाली बजारमा सुनको हालसम्मकै सर्वाधिक महँगो मूल्य हो ।

पछिल्ला दिनमा नेपाली बजारमा सुनको मूल्यले दिनदिनै जसो नयाँ रेकर्ड कायम गर्दै आएको छ। तेजावी सुन शुक्रबार प्रतितोला ८२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रवार, फागुन २३, २०७६ | अर्थतन्त्र

सम्बन्धित खबर