२०८३ जेठ १८ सोमवार , १२:४१:२५ बजे

Sajhamanch
'

अन्तर्राष्ट्रिय बजारमा बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत

सोमवार, जेठ १८, २०८३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार यसअघिजस्तै पेट्रोलको भाउ पहिलो वर्गको लागि लिटरको २१४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको लागि २१६ रुपैयाँ र तेस्रो वर्गको लागि २१७ रुपैयाँ रहेको छ ।

यस्तै डिजेल तथा मट्टीतेलको भाउ पनि यसअघिजस्तै पहिलो वर्गको लागि २२२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको लागि २२४ रुपैयाँ र तेस्रो वर्गको २२५ रुपैयाँ कायम रहेको निगमले जनाएको छ ।

सोमवार, जेठ १८, २०८३ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर