२०८३ जेठ १७ आइतवार , ११:५९:३२ बजे

Sajhamanch
'

अमेरिका, बेलायत र अष्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने

आइतवार, जेठ १७, २०८३

झापा । अमेरिका, बेलायत र अष्ट्रेलियाले ‘ओकस’ भनेर चिनिने आफ्नो सैन्य गठबन्धन अन्तर्गत समुद्रमुनि सुरक्षा र रक्षा बढाउन पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन् ।

सिंगापुरमा भएको सुरक्षा शिखर सम्मेलनमा तीन देशका रक्षा मन्त्रीहरूले यो घोषणा गरेका हुन् । अर्को वर्षसम्ममा मानवरहित पनडुब्बी अर्थात् अनक्रुड अन्डरसी भेहिकल प्रविधि (यूयूभी) तयार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

परियोजनाको कुल लागत नखुलाइए पनि बेलायतका रक्षामन्त्री जोन हेलीले आफ्नो देशले १५ करोड पाउन्ड योगदान गर्ने बताउनुभएको छ । सन् २०२१ मा शुरू भएको ओकस रक्षा सम्झौताले तीन देशहरूले आणविक पनडुब्बीहरू विकास गर्ने र सैन्य विशेषज्ञता साझा गर्ने कुरा पुष्टि गरेको थियो ।

यसलाई इन्डो–प्यासिफिकमा चीनको बढ्दो समुद्री उपस्थिति र दक्षिण चीन सागर जस्ता विवादित क्षेत्रहरूमा बढ्दो तनावकाबीच प्रतिरोध गर्ने क्षमता विस्तारका रूपमा हेरिएको छ ।

संयुक्त विज्ञप्तिमा नयाँ परियोजनाले समुद्री सतहको पूर्वाधारको सुरक्षा गर्न, आक्रमण गर्न र निगरानी गर्न तथा बन्दोबस्तीका सामान ओसारपसार गर्न सक्ने यूयूभीहरुको लागि अत्याधुनिक पेलोड र सक्षम प्रणाली विकास गर्ने भनिएको छ ।

सम्बन्धित खबर