
काठमाडौं । नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट १ हजार ५६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
जसमध्ये उपत्यकाबाट १७१ जना, कोशी प्रदेशबाट २०६ जना, मधेश प्रदेशबाट ७० जना, बागमती प्रदेशबाट १५४ जना, गण्डकी प्रदेशबाट ५६ जना, लुम्बिनी प्रदेशबाट १६० जना, कर्णाली प्रदेशबाट २१ जना र सुदूरपश्चिम प्रदेशबाट १६७ जना र लागूऔषध नियन्त्रण ब्यूरोबाट ४२ जना पक्राउ परेका हुन् ।
सो अवधिमा अवैध लागूऔषध गाँजा १ हजार ८२० किलो ३१८ ग्राम ३४० मिलिग्राम, चरेस १९ किलो १३८ ग्राम ९६४ मिलिग्राम, हेरोइन ४ किलो २३ ग्राम ५२८ मिलिग्राम बरामद भएको छ ।
अफिम ७ किलो ९७४ ग्राम ३८० मिलिग्रम, कोकिन ३३ ग्राम ६२० मिलिग्राम, पोलेन ११ किलो ४१९ ग्राम, नियन्त्रित लागूऔषध डाईजेपाम २ हजार ८९५ एम्पुल, फेनारगन २ हजार ८४५ एम्पुल, बुप्रेनोर्फिन २ हजार ९२९ एम्पुल, ट्रामाडोल २ लाख ३ हजार ३ ३८ ट्याब्लेट, नाइट्राभेट २ हजार ५४१ ट्याब्लेट, स्पास्मो २१ हजार ३९९ ट्याब्लेट प्रहरीले बरामद गरेको छ ।
लागूऔषध कारोबार लगायतका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत प्रहरी प्रधान कार्यालयले बताएको छ ।


