२०८३ जेठ ८ शुक्रवार , १२:५९:५३ बजे

Sajhamanch
'

नयाँ सार्वजनिक यातायातको दर्ता रोकियो, सातै प्रदेशलाई यातायात मन्त्रालयको परिपत्र

शुक्रवार, जेठ ८, २०८३

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सातै प्रदेशमा नयाँ सवारी साधनको दर्ता रोक्का गर्न परिपत्र गरेको छ। बिहीबार निर्देशक मणिराम भूसालले सवारी साधनको दर्ता रोक्का गर्न परिपत्र गरेका हुन् ।

बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र सडकको चापलाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सवारी दर्ता रोक्न विभागले परिपत्र गरेको जनाएको छ ।

इन्धनबाट चल्ने मात्र नभई ‘इलेक्ट्रिक (विद्युतीय) सार्वजनिक सवारी साधन’ को समेत नयाँ दर्ता रोक्न विभागले निर्देशन दिएको हो ।

मन्त्रालयले ऐनमा उल्लेखित आफ्नो अधिकार प्रयोग गर्दै अर्को व्यवस्था नहुन्जेलका लागि यातायाताका नयाँ साधनको दर्ता स्थगित गरेको प्रदेशका मन्त्रालयहरुलाई गरेको परिपत्रमा उल्लेख छ ।

हेर्नुस् परिपत्र :

सम्बन्धित खबर