२०८३ जेठ ५ मङ्गलवार , १०:१४:४३ बजे

Sajhamanch
'

प्रधानन्यायाधीश शर्माले गरे पदभार ग्रहण

मङ्गलवार, जेठ ५, २०८३

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनी सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । उनी आजै संसदीय सुनुवाइबाट अनुमोदित भएका थिए । लगत्तै शपथ ग्रहण गराइएको थियो ।

संवैधानिक परिषद्ले न्यायपरिषद्ले पठाएका ६ जनाको नाममध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।

संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध पनि गरिरहेका छन् ।

सर्वोच्च अदालतमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल छिन् । वरीयताक्रममा उनी नै प्रधानन्यायाधीश हुने आकांक्षी थिइन् ।

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई अनुमोदन गर्नका लागि सहजता हुने वातावरण तयार गरेका थिए ।

६ सदस्यीय संवैधानिक परिषदमा ३ जनाले नै पनि निर्णय गर्नसक्ने प्रवाधान अध्यादेशमा राखिएको थियो । त्यही अध्यादेश आएपछि संवैधानिक परिषद्ले बैठक गरी शर्माको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित खबर