२०८३ वैशाख २१ सोमवार , ०४:३४:५९ बजे

Sajhamanch
'

सरकारको स्थायित्व मुलुक विकासको अवसर बनाऔं : अध्यक्ष ढकाल

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको स्थायित्वलाई मुलुक विकासको अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताउनु भएको छ ।

महासंघको ६० औं वार्षिक साधारणसभा उद्घाटनका अवसरमा सोमबार बोल्दै अध्यक्ष ढकालले भन्नुभयो, ‘सरकारको स्थायित्वलाई मुलुकको विकास र यस मार्फत सबै क्षेत्रमा स्थायित्व प्रदान गर्ने अवसरका रुपमा सदुपयोग गरिनुपर्छ ।’

उहाँले मुलुकसामू अभूतपूर्व अवसर आएको भन्दै स्थायी सरकार नभएर नीतिगत स्थायित्व खोजिरहेको समयमा एकै दलको झण्डै दुई तिहाई संसदमा उपस्थिति उल्लेखनीय अवसर भएको बताउनु भयो ।

विगतमा यस्तै सम्भावनालाई अवसरमा बदलेर प्रगति गर्नबाट चुकेका धेरै उदाहरण रहेको भन्दै उहाँले निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्न पाएमा प्रगति गर्ने पर्याप्त अवसर रहेको बताउनु भयो।

नेपालीको मिडियन उमेर २५ वर्ष रहेको, छिमेकी भारत र चीनमा पर्याप्त बजार रहेको र विकसित देशमा भन्सार रहित बजार पहुँच पाइरहेको समयमा नेपालका उत्पादन विश्व बजारमै प्रतिस्पर्धी हुने उहाँको भनाइ छ । युवाको चाहना पूरा गर्न व्यवहारमै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्ने उहाँले बताउनु भयो ।

सम्बन्धित खबर