२०८३ वैशाख १३ आइतवार , ०२:५०:४२ बजे

Sajhamanch
'

विराटनगरका स्पा र मसाज सेन्टरमा प्रहरीको छापा, दुई सञ्चालकसहित ३६ जना पक्राउ

आइतवार, वैशाख १३, २०८३

विराटनगर । विराटनगरका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरहरूमा प्रहरीले छापा मारी ३६ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ती सेन्टरहरूमा गैरकानूनी तथा अनैतिक क्रियाकलाप भइरहेको विशेष सूचनाका आधारमा शनिबार यो कारबाही गरिएको हो । पक्राउ पर्नेहरूमा दुई जना सञ्चालक समेत रहेका छन् ।

प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार विराटनगर वडा नम्बर १३, १४ र १५ मा सञ्चालित स्पा र मसाज सेन्टरहरूमा छापा मारिएको थियो ।

मापदण्डविपरीत गतिविधि सञ्चालन गरेको अभियोगमा प्रहरीले सुनसरी बर्जु गाउँपालिकाकी ३० वर्षीया निलम देवी शर्मा र भारतको पटनाका ४० वर्षीय राजकुमार चन्द्रवंशीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबैमाथि प्रहरीले थप आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

पछिल्लो समय विराटनगरमा बिना दर्ता र मापदण्डविपरीत स्पा तथा मसाज सेन्टरहरू खुल्ने क्रम बढेपछि प्रहरीले आफ्नो सक्रियता बढाएको हो ।

सम्बन्धित खबर