२०८३ वैशाख १३ आइतवार , ०२:३३:०१ बजे

Sajhamanch
'

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने

आइतवार, वैशाख १३, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने भएको छ ।

भोलि बिहान ११ बजे बस्ने बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको सहमहामन्त्री एवं निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिनुभयो ।

कार्यसम्पादन बैठकपछि दिउँसो १ बजे दलको कार्यालयमा सभापति थापाले सांसदहरूसँग छलफल गर्ने उहाँले बताउनु भयो ।

सभापतिले प्रस्ताव गरेअनुसार संसदीय दलको विधानको धारा ५ अनुसार संसदीय दलको नेता चयन औपचारिक रूपमा अगाडि बढ्ने उहाँको भनाइ छ ।

सहमतिमै दलको नेता चयन गर्ने भन्दै शुक्रबार निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो ।

सम्बन्धित खबर