२०८३ वैशाख १३ आइतवार , ०३:४४:४९ बजे

Sajhamanch
'

चट्याङ लागेर मोरङमा दुई जना घाइते

आइतवार, वैशाख १३, २०८३

विराटनगर । मोरङमा आइतबार बिहान परेको भारी वर्षासँगै चट्याङ लागेर दुई जना महिला घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङका दुई फरक–फरक स्थानमा चट्याङ लागेर महिला घाइते भएका हुन् ।

प्रहरीका अनुसार मोरङको धनपालथान गाउँपालिकास्थित वडा नम्बर २ मा ३० वर्षीया भाल्सादेवी ऋषिदेव र पथरीशनिश्चरे नगरपालिकाकी ४६ वर्षीया जानुका रेग्मी चट्याङ लागेर घाइते भएका हुन् ।

बिहान करिब ८ बजे ऋषिदेव आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएको प्रहरीले जनाएको छ भने रेग्मी पनि घरमै रहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी हुन् ।

घाइते ऋषिदेवलाई परिवारका सदस्यहरूले उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍याएका थिए । उनको अवस्था गम्भीर रहेको हुँदा कोशीबाट विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको बताइएको छ ।

त्यसैगरी चट्याङबाट खुट्टामा चोट लागेकी रेग्मीको भने मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको छ ।

उनको अवस्था भने सामान्य रहेको बताइएको छ ।

सम्बन्धित खबर