२०८३ वैशाख १३ आइतवार , ०२:५३:२७ बजे

Sajhamanch
'

पर्सामा गुठीको अतिक्रमित जग्गामा बनेका संरचनामा चल्यो डोजर, ३८० घर हटाइयो

आइतवार, वैशाख १३, २०८३

जनकपुरधाम । पर्साको सखुवा प्रसौनी गाउँपालिका-५ स्थित गण्डक नहरको छेउमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ ।

मधेशका गृह संचार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा बिहानैदेखि ७ वटा डोजर लगाएर अतिक्रमित जग्गा खाली गराउने काम भइरहेको पालिका अध्यक्ष जयवस्न तयादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहानैदेखि उक्त जग्गामा रहेको ३८० वटा घरटहरा खाली गराइएको हो । दुईवर्षदेखि खाली गराउने प्रयास गाउँपालिकाले गरिरहेको थियो । तर, त्यसमा मधेशका गृहमन्त्री केही दिनअघि चाँसो लिएर त्यहाँ पुग्दा खाली गर्ने योजना बनाएर अघि बढेको पालिका अध्यक्ष यादवको भनाइ छ ।

‘अहिले पनि खाली गराउने काम भइरहेको छ । ३८० घर खाली गराइएको छ, मधेशका माननीय गृहमन्त्री फकिरा महतोको विशेष पहलमा यो भइरहेको छ’, उहाँले भन्नुभयो ।

यस्तै सोही गाउँपालिकाको मधुवनमा रहेको गुठीको २९ विघा अतिक्रमित जग्गा पनि खाली गराउने काम भइरहेको गृहमन्त्री फकिरा महतोले बताउनु भयो । खाली गराउन ३ सयको संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित खबर