
काठमाडौं । ४० बढी महिलाहरूलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलामको फाकफोकतुम गाउँपालिका–६ का २७ वर्षीय सुजन लिम्बु भनिने सुशन थेगिम लिम्बू छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले ह्वाट्स एपमार्फत ४० बढी महिलालाई सम्पर्क गरी ठग्नका लागि प्रलोभनमा पारेको देखिएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।
अहिले भने एक महिलाले ठगीको आरोपमा उनीविरुद्ध उजुरी दिएकी छिन् । ती महिलाको २ लाख ठगी गरको आरोप थेगिममाथि छ ।
सामाजिक सञ्जालमार्फत सम्पर्क गर्ने र प्रेममा पारेको नाटक गरी पार्सल पठाएको बताउने अनि उक्त सामान एयरपोर्टमा आइसकेको र लिनका लागि ट्याक्स बुझाउनु पर्ने भन्दै रकम हाल्ने लगाएर उनले ठगी गर्ने गरेको प्रहरीले बताएको छ ।


