
काठमाडौं । सरकारले आउँदो ३ महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग र निकाय (सबै) लाई पत्राचार गर्दै यो व्यवस्था गर्न निर्देशन दिएको हो ।
सरकारको गएको चैत १३ गतेको निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको उच्च प्राथमिकताका साथ कार्यान्वयन भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्यालयले यो निर्देशन दिएको हो ।
‘कर्मचारी वैदेशिक भ्रमणमा जाँदा १०० कार्यसूचीको कार्यान्वयनमा बाधा उत्पन्न हुनसक्ने भएकाले वैदेशिक भ्रमणमा कुनै पनि कर्मचारीलाई मनोनयन नगर्न अनुरोध छ’, प्रधानमन्त्री कार्यालयद्वारा जारी निर्देशनमा उल्लेख छ ।


