
काठमाडौं । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेटमा भानुआतुले नेपाललाई ९८ रनको लक्ष्य दिएको छ ।
रुवान्डामा टस जितेर ब्याटिङ गरेको भानुआतुले २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनायो । भानुआतुकी भ्यालेन्टा लाङ्गियातुले ४२ रन बनाइन् । नेपालकी रिया शर्माले २ विकेट लिइन् ।
प्रतियोगितामा नेपालको यो चौथो खेल हो । पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा इटालीलाई ५० रन र तेस्रो खेलमा घरेलु टोली रुवान्डालाई २ विकेटले हराएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् ।
सबै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । प्रतियोगिता यही वैशाख १८ गतेसम्म चल्नेछ ।


