२०८२ फागुन २८ बिहिवार , ०५:३८:०६ बजे

Sajhamanch
'

कोशीमा कांग्रेसलाई प्रत्यक्षमा भन्दा समानुपातिकमा कम मत

बिहिवार, फागुन २८, २०८२

काठमाडौं । कोशी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र छ । यसमध्ये नेपाली कांग्रेसले चार क्षेत्रमा प्रत्यक्ष चुनाव जित्यो ।

कोशी प्रदेश अन्तर्गत कांग्रेसका तर्फबाट पाँचथर १ मा नरेन्द्र कुमार केरुङ, इलाम १ मा निश्कल राई, तेह्रथुममा सन्तोष सुब्वा र सोलुखुम्बुमा प्रकाश सिंह कार्कीले चुनाव जितेका हुन् ।

केरुङले १७ हजार २३३ मत ल्याएर चुनाव जित्दा यो क्षेत्रमा कांग्रेसले समानुपातिकतर्फ भने १४ हजार १०० मत पाएको छ । निश्कलले १४ हजार ५४३ मत पाएर चुनाव जित्दा यो क्षेत्रमा कांग्रेसले समानुपातिकतर्फ १० हजार ८१६ मत पाएको छ ।

तेह्रथुममा सन्तोष सुब्वा ११ हजार ५६१ मत ल्याएर विजयी भए । यो क्षेत्रमा कांग्रेसले समानुपातिकतर्फ ९ हजार ३१२ मत पायो । सोलुखुम्बुमा १३ हजार १६६ मत ल्याएर कांग्रेसका प्रकाश सिंह कार्कीले चुनाव जिते । यो क्षेत्रमा कांग्रेसले समानुपातिकतर्फ १० हजार ७०५ मत पाएको छ ।

अर्थात्, प्रत्यक्षमा चुनाव जितेका उम्मेदवारले भन्दा ती क्षेत्रमा कांग्रेसको समानुपातिक मत केही कम रहेका छन् ।

कोशी प्रदेशका बाँकी १२ वटा निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार दोस्रो, आठ ठाउँमा तेस्रो, तीन ठाउँमा चौथो र एक ठाउँमा पाँचौं भएका छन् ।

कोशी प्रदेशभर कांग्रेसका प्रत्यक्ष तर्फका सबै २८ जना उम्मेदवारले प्रत्यक्षतर्फ पाएको मत जोड्दा ३ लाख ६० हजार ८०९ पुग्छ । कोशी प्रदेशभर कांग्रेसले पाएको समानुपातिक मत भने २ लाख ९० हजार ५६२ रहेको छ ।

सम्बन्धित खबर