२०८३ वैशाख १५ मङ्गलवार , १२:१०:५१ बजे

Sajhamanch
'

नेकपाका प्रदेश सारथीहरु : तोकिए प्रदेश समिति इञ्चार्ज र संयोजक

मङ्गलवार, वैशाख १५, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको छ ।

पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैरभौगोलिक प्रदेशमा इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको हो ।

कोशी प्रदेश इञ्चार्जमा राजेन्द्र राई, मधेश प्रदेश इञ्चार्जमा महिन्द्र राय यादव, बागमती प्रदेश इञ्चार्जमा डा. गंगालाल तुलाधर, गण्डकी प्रदेश इञ्चार्जमा श्रीनाथ बराल, लुम्बिनी प्रदेश इञ्चार्जमा चक्रपाणि खनाल, कर्णाली प्रदेश इञ्चार्जमा चन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा डा. भीम रावल छन् ।

यसैगरी उपत्यका विशेष प्रदेश इञ्चार्जको जिम्मेवारी हितमान शाक्य र सम्पर्क समन्वय प्रदेश इञ्चार्जको जिम्मेवारी यशोदा सुवेदी गुरुङले पाएकी छन् ।

यसैगरी कोशी प्रदेश संयोजकमा हर्क नेम्वाङ, मधेश प्रदेश संयोजकमा राजु खड्का, बागमती प्रदेश संयोजकमा सरल सहयात्री पौडेल, गण्डकी प्रदेश संयोजकमा गायत्री गुरुङ तोकिएका छन् ।

पार्टीले लुम्बिनी प्रदेश संयोजकमा अब्दुल हुसेन खान, कर्णाली प्रदेश संयोजकमा बिमला केसी, सुदूरपश्चिम प्रदेश संयोजकमा हरिराम चौधरी छन् ।

यस्तै उपत्यका विशेष प्रदेश संयोजकमा विष्णु लामिछाने र सम्पर्क समन्वय प्रदेश संयोजकमा तारानाथ दाहाल तोकिएका छन् ।

सम्बन्धित खबर