२०८३ वैशाख १५ मङ्गलवार , १२:४२:१५ बजे

Sajhamanch
'

सुकुम्वासी बस्तीमा झण्डै २ हजार घरटहरा भत्काइयो, १० हजारभन्दा बढी मानिस प्रभावित

मङ्गलवार, वैशाख १५, २०८३

काठमाडौं । काठमाडौं उपत्यकाकामा रहेका अतिक्रमित बस्ती हटाउने क्रममा झण्डै २ हजार घरटहरा भत्काइएको छ ।

काठमाडौंको थापाथली, गैरीगाउँ र भक्तपुरको मनोहरा क्षेत्रका घरटहरा हटाउँदा एक हजार ९६१ वटा घरटहरा भत्काइएको नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क छ ।

प्रहरीका अनुसार कूल भत्काइएका घरमध्ये ५७८ वटा पक्की र १ हजार ३८३ वटा कच्ची घरटहरा छन् । थापाथली क्षेत्रमा रहेका १४३ वटा कच्ची घरटहरा सबै भत्काइएको छ, भने गैरी गाउँमा २८४ वटा पक्की घर र ५९३ वटा कच्ची घरटहरा पूर्ण रूपमा हटाइएको छ ।

यस्तै, मनोहरा काठमाण्डौतर्फ रहेका २ वटा पक्की र ११९ वटा कच्ची घरटहरा सबै भत्काइएको छ । मनोहरा भक्तपुरतर्फ भने २९२ वटा पक्की र ५१८ वटा कच्ची घरटहरा पूर्ण रूपमा हटाइएको प्रहरीले जनाएको छ ।

घरटहरा भत्काउँदा १० हजार ३२० जना प्रभावित भएको तथ्याङ्क छ । प्रभावितमध्ये ३ हजार १३३ महिला, ३ हजार १६७ पुरुष, १ हजार ५०८ बालक र १ हजार ७०६ जना बालिका रहेका छन् ।

हालसम्म ९३६ परिवारका दुई हजार ९५५ जना सरकारको सम्पर्कमा आएकामा राधास्वामी आश्रममा ३२ परिवारका १४७ जना मात्रै छन् । त्यस्तै, ४०७ जना सरकारकै व्यवस्थापनमा विभिन्न होटेलमा छन् । अन्य दुई हजार ४०१ जना आफैँ व्यवस्थापन गरेर डेरा, आफन्त वा साथीभाइको आश्रयमा छन् ।

मङ्गलवार, वैशाख १५, २०८३ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर