२०८२ फागुन २८ बिहिवार , ११:३६:२४ बजे

Sajhamanch
'

नेपाली क्रिकेट खेलाडीले साढे दुई लाख डलर पाउने

बिहिवार, फागुन २८, २०८२

मुम्बई । नेपाली क्रिकेट खेलाडीले ट्वान्टी–२० विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गरेबापत २ लाख ५६ हजार १५४ डलर पुरस्कार राशि पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार विश्वकप खेले बापत खेलाडीले पाउने रकम टुंगो लगाएको हो ।

प्रतियोगितामा सहभागिता भएबापत एउटा टोलीले कम्तीमा २ लाख २५ हजार डलर पाउने तय थियो । नेपालले एक खेल जितेका हुनाले ३१ हजार डलरभन्दा बढी थप रकम पाएको हो ।

तेस्रो पटक विश्वकप खेल्ने क्रममा पहिलो ३ खेलमा इंग्ल्यान्ड, इटाली, वेस्ट इन्डिजसँग पराजित नेपालले अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो ।

आईसीसीका अनुसार प्रत्येक खेलको जितमा बोनस रकम राखिएको थियो भने समूहचरण, सुपर एट, सेमिफाइनल र फाइनल खेलेको टोलीलाई यसअघि नै निश्चित पुरस्कार रकम तोकिएको थियो । त्यसैको आधार मानेर कर काटेर पुरस्कार रकम प्रदान गरिने आईसीसीले जनाएको छ ।

नेपालसहित इटाली, नेदरल्यान्ड्स र यूएईले समान २ लाख ५६ हजार १५४ डलर पाउने भएका छन् । इटालीले एकमात्र विजय हात पार्नेक्रममा नेपाललाई १० विकेटले पराजित गरेको थियो । प्रतियोगितामा एउटै खेल जित्न नसकेको क्यानडा, नामिबिया र ओमानका खेलाडीको भागमा २ लाख २५ हजार डलर पुरस्कार राशि रहेको छ ।

सम्बन्धित खबर