
अर्जुनधारा । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ ।
आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा एभरेस्टलाई स्तब्ध पारेको हो । आजको हारसँगै एभरेस्ट प्रतियोगिताबाट बाहिरिएको छ । एभरेस्टले समूह चरणका दुवै खेलमा पराजय भोगेको थियो ।
खेलको प्लेयर अफ द म्याच आर्मीकी वसन्ती साउद भइन् । उनलाई नगद सौजन्यकर्ता पूर्वखेलाडी कृष्ण गिरीलगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरे ।

समूह ‘ए’ मा रहेको आर्मीले अब सेमिफाइनलमा समूह ‘बि’ को विजेतासँग खेल्नेछ । समूह ‘ए’ बाट एपिएफ क्लब विजेता बन्दै सेमिफनइनलमा प्रवेश गरिसकेको छ ।
अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मंसिर २१ गते हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए ।
झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।


