२०८२ मंसिर २, सोमवार , १०:५१:०१ बजे

Sajhamanch
'

देशभरको मौसम सफा, चिसो बढ्दै

सोमवार, मंसिर २, २०८२

काठमाण्डौ । आज पनि काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा छ । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।काठमाण्डौसहित देशभर चिसो बढेको छ । काठमाण्डौमा आज बिहानको तापक्रम ९.२ डिग्री सेल्सियस थियो ।

सम्बन्धित खबर