
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, आजको बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ ।
साथै आगामी असोज २७ गतेदेखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल समेत हुनेछ ।
यसअघि आइतबारका लागि तय गरिएको बैठक, अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण स्थगित गरिएको थियो ।
यसअघि असोज १२ गते एमाले सचिवालय बैठक बसेको थियो ।