२०८२ भदौ ३०, सोमवार , १०:०७:०० बजे

Sajhamanch
'

देशभरका १५३ ठाउँबाट सहुलियत मूल्य पसल सञ्चालन हुँदै

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । सरकारले आजदेखि देशका १५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्दैछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

सहुलियत मूल्य पसलबाट प्रतिकिलोरप्रतिलिटरमा पाँचदेखि १० रुपैयाँसम्म छुट हुने सरकारले जनाएको छ । काठमाडौं उपत्यकाका थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक, दक्षिणकाली, गोदावरी र चाँगुनारायण नगरपालिकामा बिक्री कक्ष राखिने छन् । उपत्यकामा ११ ठाउँमा र तीन मोबाइल भ्यानसहित गरी १४ ठाउँमा पसल सञ्चालन हुनेछ ।

यस्तै काठमाडौं उपत्यकाबाहिर धनगढी, कैलालीको टिकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी, डोटीको दिपायल, सुर्खेतको वीरेन्द्रगनर, झापाको बिर्तामोड, मोरङको बिराटनगर, सप्तरीको राजविराज, सिरहाको लहान, धनुषाको जनकपुुर, पर्साको वीरगञ्ज, मकवानपुरको हेटौडा, चितवनको नारायणगढ, नुवाकोटको त्रिशुलीमा यस्तो सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।

कास्कीको पोखरा, बाग्लुङको बाग्लुङ, रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर, दाङको दाङ र डडेलधुराको डडेलधुरामा सुपथ मूल्य पसल सञ्चालन हुँदैछ । यस्तै बाजुरा, डोटी, बैतडी, सुर्खेत, जाजरकोट, जुम्ला, मुगु, बझाङ, कञ्चनपुर, अछाम र दार्चुलामा पनि सुपथ मूल्य पसल सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

सम्बन्धित खबर