२०८२ भदौ २२, आइतवार , ११:१८:४० बजे

Sajhamanch
'

आज खग्रास चन्द्रग्रहण लाग्दै, नेपालबाट अवलोकन गर्न सकिने

आइतवार, भदौ २२, २०८२

काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आज (आइतबार) खग्रास चन्द्रग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार ग्रहण राति १०:११ मा शुरु भई १ः४१ बजे समाप्त हुनेछ।

पञ्चाङ्गअनुसार १०ः११ मा ग्रहण स्पर्श, ११ः१५ मा सम्मीलन, ११:५६ मा मध्य, १२ः३८ मा उन्मिलन र १ः४१ मा मोक्ष हुनेछ। नेपाल, भारतसहित एसियाका अधिकांश मुलुकबाट यो ग्रहण सम्पूर्ण रूपमा अवलोकन गर्न सकिने खगोलशास्त्री प्रा. डा. जयन्त आचार्यले जानकारी दिनुभयो।

फलित ज्योतिषअनुसार मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका व्यक्तिहरूलाई ग्रहण नहेर्न सुझाव दिइएको छ। अन्य राशिका लागि विभिन्न लाभ–हानि हुने उल्लेख छ।

पौराणिक मान्यताअनुसार ग्रहणको केही समयअघिदेखि सुतक लाग्ने भएकाले आइतबार दिउँसो १ः११ बजेदेखि बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ। ग्रहण अवधिमा मन्त्रजप, हवन जस्ता धार्मिक कार्य गर्न उपयुक्त मानिन्छ भने शयन, खानपिन तथा मैथुन निषेध गरिएको छ।

यो वर्ष फागुन १९ गते (फाल्गुन शुक्ल पूर्णिमा) ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने पञ्चाङ्गमा उल्लेख छ।

सम्बन्धित खबर