२०८२ साउन २०, मङ्गलवार , १०:५४:५४ बजे

Sajhamanch
'

विभिन्न देशका सैनिकहरु रुस युक्रेन युद्धमा संलग्न रहको युक्रेनका राष्ट्रपतिको आरोप

मङ्गलवार, साउन २०, २०८२

झापा । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रूस–युक्रेन युद्धमा चीन, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र केही अफ्रिकी देशका भाडाका सैनिकहरू संलग्न रहेको बताउनु भएको छ ।

हिजो उहाँले पूर्वी युक्रेनको वोवचान्स्क क्षेत्रमा खटिएका युक्रेनी सैनिकहरूको मनोबल बढाउन भ्रमण गर्नुभएको बीबीसीले जनाएको छ ।

उहाँले त्यहाँ सैनिक कमान्डरहरूसँग फ्रन्टलाइनको स्थिति बारे जानकारी लिनु भएको खबरमा उल्लेख छ । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा विभिन्न देशहरुका भाडामा आएका सैनिकहरू युद्धमा संलग्न रहको भन्दै त्यसको जवाफ दिने चेतावनी दिनुभयो ।

यसअघि, सन् २०२४ को अक्टोबरमा आएको एक रिपोर्टमा उत्तर कोरियाली सैनिकहरूलाई पनि युक्रेनमा रूसी सेनाको सहयोगका लागि खटाइएको खबरहरु आएका थिए ।

सम्बन्धित खबर