२०८२ साउन १९, सोमवार , ११:०५:५७ बजे

Sajhamanch
'

रुसको एउटा तेल डिपोमा आगलागी : युक्रेनी ड्रोन आक्रमण भएको आरोप

सोमवार, साउन १९, २०८२

झापा । रूसको ब्ल्याक सी रिसोर्ट शहर सोची नजिक रहेको एउटा ठूलो तेल डिपोमा आगलागी भएको छ । यसलाई रूसले युक्रेनी ड्रोन आक्रमण भएको आरोप लगाएको छ । ड्रोनको टुक्राले इन्धन ट्याङ्कीमा लागेर आगलागी भएको क्रास्नोडार क्षेत्रका गभर्नर भेनियामिन कन्द्रात्येभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सोचीमा भएको आक्रमण युक्रेनबाट सप्ताहन्तमा भएका एकसाथ थुप्रै ड्रोन आक्रमणमध्ये एक भएको रुसले बताएको छ । रूसी रक्षा मन्त्रालयले कूल ९३ युक्रेनी ड्रोनहरू जफत गरिएको दाबी गरेको छ, जसमा ६० ड्रोन ब्ल्याक सी क्षेत्रमाथि उडिरहेका थिए । युक्रेनी हवाई सेनाले रूसले पनि थुप्रै ड्रोन र सात वटा मिसाइल प्रहार गरेको अनि तीमध्ये ६१ वटा रोकिएको जनाएको छ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय प्रतिबन्ध थप कडा पार्न आह्वान गर्नुभएको छ । त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रूसको व्यवहारको निन्दा गर्दै नयाँ प्रतिबन्ध लगाउनसक्ने सङ्केत गर्नुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित खबर