२०८२ साउन ७, बुधवार , ०७:१६:०५ बजे

Sajhamanch
'

अमेरिकामा नयाँ भन्सार शुल्कको प्रभाव, ठूला बन्दरगाहमा चाप,सानामा मन्दी

बुधवार, साउन ७, २०८२

झापा । अमेरिकाले नयाँ भन्सार शुल्क छिट्टै लागू गर्न लागेको हुँदा व्यापारीले सामानहरू पहिले नै आयात गर्न थालेका छन् । यसले देशका ठूला बन्दरगाहमा चाप बढेको छ भने साना बन्दरगाहमा घट्दो छ ।

अमेरिकाको सबैभन्दा ठूलो बन्दरगाह लस एन्जलसमा एक महिनामा झन्डै नौ लाख सामान कन्टेनर भित्रिएको छ । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

गएको वर्षको जुलाई महिनाको तुलनामा झन्डै आठ प्रतिशतले बढी हो । तर यस्तो अवस्था लामो समय नटिक्ने र शुल्क बढेपछि सामानको मात्रा घट्ने अनुमान गरिएको छ ।

ओकल्यान्ड बन्दरगाहमा गएको महिना सामानको आवतजावत अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी घटेको छ ।

यो गिरावट कुनै मौसमको असर नभई भन्सार शुल्कबारेको अन्योलताका कारण भएको विश्लेषण गरिएको चिनियाँ समाचार संस्था सिह्वाले जनाएको छ ।

यदि भन्सार शुल्क अझै बढ्यो र व्यापारिक समझदारी नभएको अवस्थामा ठूला र साना बन्दरगाहबीचको असन्तुलन अझै गहिरिने सम्भावना छ ।

यस्तो अवस्थाको सबैभन्दा ठूलो असर किसानलाई पर्न सक्छ । किनभने ओकल्यान्डबाट आधाभन्दा बढी कन्टेनरमा मासु, स्याउ, सुन्तला जस्ता कृषि उपज एशिया निर्यात गरिन्छ ।

सम्बन्धित खबर