
झापा । भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिँदा कम्तीमा ३४ जनाको ज्यान गएको छ । केही पर्यटक वेपत्ता रहेका र उनीहरुको खोजी कार्य भइरहेको छ । ११ जनाको उद्दार गरिएको छ । ठूलो वर्षाका कारण उद्धार कार्य निक्कै कठिन भएको छ ।
भियतनामको उत्तरी भागमा पर्ने लोकप्रिय पर्यटकीय गन्तव्य हा लङ बेमा डुङ्गा दुर्घटना भएको हो । ज्यान गुमाउने धेरैजसो राजधानी हनोईबाट घुम्न आएका भियतनामी परिवार रहेका बीबीसीले जनाएको छ । ५३ जना चढेको वन्डर सीज नामक जहाज अचानक आँधी आएपछि पल्टिएको भियतनामी सीमा गार्ड र नौसेनाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।