
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच २४ घण्टाभित्र दोस्रोपटक भेटवार्ता भएको छ ।
गाजामा युद्धविरामसम्बन्धी सम्झौता नजिकिँदै गर्दा उहाँहरुबीच ह्वाइट हाउसमा हिजो बेलुका भेटवार्ता भएको वासिङट्न पोस्टले जनाएको छ । राष्ट्रपति ट्रम्पले यो भेट गाजाको विषयमा विशेष छलफलका लागि भएको बताउनु भएको छ ।
अस्ति सोमवार पनि दुई नेताबीच भएको रात्रिभोज भएको थियो । दोस्रो बैठकबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन ।
राष्ट्रपति ट्रम्पका मध्यपूर्व विशेष दूत स्टीभ विटकोफले इजरायल र हमासबीच रहेका चार विवादमध्ये तीन टुङ्गिएको र अब एक मात्र बाँकी रहेको जानकारी दिनुभएको खबरमा उल्लेख छ ।
उहाँले यो हप्ता ६० दिनको अस्थायी युद्धविराम सहमति हुन सक्ने आशा व्यक्त गर्दै, १० जना जीवित बन्धक र ९ जना मृतक इजरायली फिर्ता ल्याइने बताउनुभएको छ । तर युद्धको समाधान हुनेमा आशङ्का कायमै छ ।
सन् २०२३ अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसपछि दुई पक्षबीच तनाव बढेको थियो ।