२०८२ असार २०, शुक्रवार , ०४:५०:२७ बजे

Sajhamanch
'

युक्रेनसँगको लडाइँमा रुसी नौसेनाका उपप्रमुखको ज्यान गयो

शुक्रवार, असार २०, २०८२

झापा । युक्रेनसँगको युद्धमा रुसी नौसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुदकोभको ज्यान गएको छ । कुर्स्क क्षेत्रमा युक्रेनी सेनासँगको लडाइँमा गुदकोभको ज्यान गएको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गुदकोभको मृत्यु रुसका लागि ठूलो क्षति भएको उल्लेख गरेका छन् । गुदकोभलाई राष्ट्रपति भ्लादिमिर पुटिनले गएको मार्चमा नौसेनाको तटीय र स्थल सेनाको उपप्रमुखका रूपमा नियुक्त गर्नुभएको थियो ।

उहाँ यसअघि युक्रेनमा लडेको १५५औं ब्रिगेडका कमान्डरसमेत हुनुहुन्थ्यो । तीन वर्षदेखि चलिरहेको रुस–युक्रेन युद्धमा उच्च पदस्थ सैन्य अधिकारी मारिएको दुर्लभ घटना हो ।

कुर्स्क क्षेत्र रुसी सीमा नजिकैको रणनीतिक इलाका हो । त्यहाँ युक्रेनी सेना र रुसी सेनाबीच पछिल्ला महिनाहरूदेखि दोहोरो भीडन्त चलिरहेको छ ।

सन् २०२४ को मध्यतिर युक्रेनी सेनाले कुर्स्कभित्र पसेर थुप्रै गाउँहरू कब्जा गरेको थियो । तर केही दिनमै रुसी सेनाले युक्रेनी सेनालाई हटाएको थियो । गएको मे महिनामा राष्ट्रपति पुटिनले कुर्स्क क्षेत्रको भ्रमणसमेत गर्नुभएको थियो ।

सम्बन्धित खबर