२०८२ असार १९, बिहिवार , ०१:५८:१७ बजे

Sajhamanch
'

ट्रम्पद्वारा केन्द्रीय बैंकका प्रमुखको राजीनामा माग

बिहिवार, असार १९, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकका प्रमुखको राजीनामा माग्नुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई तत्काल प्रभावबाट राजीनामा दिन भन्नुभएको हो ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पावेललाई फेडरल रिजर्भ बैंकको अध्यक्षका रूपमा मनोनित गर्नुभएको थियो । ट्रम्पले ब्याजदर कटौती नगरेकोमा पावेलको बारम्बार आलोचना गर्नुभएको छ ।

यद्दपि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जेरोम पावेललाई पदबाट हटाउने शक्ति छ कि छैन भन्ने कुरा स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पावेलको बारम्बार आलोचना गरे पनि ट्रम्पले यस वर्षको शुरूमा उहाँलाई बर्खास्त गर्ने आफ्नो कुनै मनसाय नभएको बताउनुभएको थियो ।

राष्ट्रपति ट्रम्प आर्थिक वृद्धि बढाउन केन्द्रीय बैंकले ब्याजदर घटाओस् भन्ने चाहनुहुन्छ । तर पावेलले भने ट्रम्पको कर नीतिहरूले अर्थतन्त्रलाई असर नगरेको भए केन्द्रीय बैंकले पहिले नै ब्याजदर घटाइसकेको हुने बताउनुभएको छ ।

सम्बन्धित खबर