२०८२ असार १७, मङ्गलवार , १०:३५:२९ बजे

Sajhamanch
'

इजरायलद्वारा गाजाका विभिन्न ठाउँमा आक्रमण : ७० जना प्यालेस्टिनी मारिए

मङ्गलवार, असार १७, २०८२

झापा । इजरायली सेनाले गाजाका क्याफे, विद्यालय र खाद्यान्न वितरण केन्द्रहरूमा आक्रमण गर्दा ७० जनाभन्दा धेरै प्यालेस्टिनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गाजा सिटीको उत्तरतर्फ रहेको अल–बाक्का क्याफेमाथिको आक्रमणमा ३९ जना तथा अन्य स्कूल र खाद्यान्न बाँड्ने ठाउँहरुमा अरू पनि मारिएको अलजजिराले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार यो क्षेत्र कुनै पनि राजनीतिक वा सैनिक गतिविधिसँग सम्बन्धित थिएन । यस आक्रमणको पूर्व चेतावनी पनि दिइएको थिएन । देइर अल–बलाहमा रहेको अल–अक्सा अस्पतालको प्राङ्गणमा समेत बमबारी गरिएको थियो, जहाँ हजारौँ विस्थापितहरूले आश्रय लिएका थिए ।

गाजाको सञ्चार कार्यालयले यी आक्रमणलाई स्वास्थ्य प्रणालीमाथिको ‘प्रणालीगत अपराध’ भन्दै निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघ र मानव अधिकार संस्थाहरूले पनि गाजाको स्वास्थ्य पूर्वाधारलाई नष्ट गर्ने काममा इजरायलको आलोचना गर्दै आएका छन् ।

सम्बन्धित खबर