
झापा । अमेरिकाको इडाहो राज्यको कोउर डलेन क्षेत्रमा डढेलो निभाउँदै गरेका बेला गोली प्रहारबाट दुई जना अग्नि नियन्त्रकको ज्यान गएको अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजले जनाएको छ । त्यस्तै एक जना गम्भीर घाइते भएका छन् ।
घटनाको केही घण्टापछि घटनास्थल नजिकै एक जना मृतक पुरुष र उनको नजिकै एक हतियार फेला परेको कोटनाई काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ । मृतक पुरुष क्यानफिल्ड पर्वतमा फेला परेका हुन् ।
अन्तर्राष्ट्रिय अग्नि नियन्त्रककर्मी सङ्घले दुई जना मारिएका व्यक्तिहरू आफ्ना सदस्य भएका पुष्टि गरेको छ ।
अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) का उप–निर्देशक ड्यान बोनजिनोका अनुसार घटनास्थलमा एफबीआईका प्रविधिक र ट्याक्टिकल टोली खटिएका छन् र अवस्था अझै पनि निकै खतरनाक रहेको बताउनुभएको छ ।