२०८२ असार १५, आइतवार , ०५:००:३२ बजे

Sajhamanch
'

इरानसँग केही महिनाभित्रै युरेनियम सम्वर्द्धन पुनः शुरू गर्ने क्षमता छ : आईएईए प्रमुख

आइतवार, असार १५, २०८२

झापा । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीले इरानसँग केही महिनाभित्र युरेनियम सम्वर्द्धन पुनः शुरू गर्ने क्षमता रहेको बताउनुभएको छ ।

सीबीएज न्युजलाई दिएको अन्तर्वार्तामा उहाँले अमेरिकी आक्रमणबाट इरानको आणविक स्थलहरू क्षतिग्रस्त भएका तर पूर्णरूपमा नष्ट नभएका बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको आणविक स्थलहरू पूर्णरूपमा ‘ध्वस्त’ पारेको दाबी गरिरहँदा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक ग्रोसीले यो कुरा बताउनुभएको हो ।

इरान आणविक हतियार बनाउने नजिक पुगेको दाबी गर्दै गएको जुन १३ मा इजरायलले तेहरानको आणविक स्थलहरूमा आक्रमण गरेको थियो । त्यसपछि अमेरिकाले इरानको फोर्दो, नातान्ज र इस्फहान आणविक स्थलहरूमा आक्रमण गरेको थियो ।

त्यसबेलादेखि क्षतिको वास्तविक अवस्थाबारे अझै अस्पष्ट छ । इजरायल र अमेरिकाले गरेको आक्रमणको इरानले पनि बदला लिएको थियो ।

अहिलेका लागि इजरायल र इरानबीच युद्धविराममा सहमति भएको छ ।

सम्बन्धित खबर