२०८२ असार १५, आइतवार , ०९:४६:३४ बजे

Sajhamanch
'

रासायनिक हतियार प्रयोग गरेको भन्दै अमेरिकाद्वारा सुडानमाथि प्रतिबन्धको घोषणा

आइतवार, असार १५, २०८२

झापा । सुडानको रक्तपातपूर्ण गृहयुद्धमा खार्तुमको सेनाले रासायनिक हतियारको प्रयोग गरेको भन्दै सुडान सरकारमाथि अमेरिकाले प्रतिबन्ध लागू भएको घोषणा गरेको छ ।

अमेरिकी सरकारले फेडरल रजिस्टरमा प्रकाशित गरेको सूचनामा अमेरिकी निर्यात, हातहतियार बिक्री र खार्तूममा सरकारलाई आर्थिक सहायतामा लगाइएको प्रतिबन्ध कम्तीमा एक वर्षका लागि कायम रहने जनाएको छ ।

प्रतिबन्धअन्तर्गत सुडानलाई अत्यावश्यक मानवीय सहायता र खाद्यान्न, कृषिजन्य वस्तु र उत्पादनबाहेक अरू सहायता बन्द गरिने अमेरिकाले जनाएको छ । यद्यपि, केही सुविधामा आंशिक रूपमा माफी गरिने सूचनामा उल्लेख छ ।

न्युयोर्क टाइम्सले जनवरीमा सुडानको सेनाले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज ९आरएसएफ० सँगको युद्धमा दुर्गम क्षेत्रमा कम्तीमा दुई पटक रासायनिक हतियार प्रयोग गरेको उल्लेख गरेको थियो ।

नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले हतियार क्लोरिन ग्यास जस्तो देखिएको र यसले श्वासप्रश्वासमा गम्भीर समस्या भई मृत्युको कारण बन्न सक्ने उल्लेख गरेको छ । खार्तूमले रासायनिक हतियार प्रयोग गरेको आरोपको खण्डन गर्दै आएको छ ।

सम्बन्धित खबर