२०८२ असार १३, शुक्रवार , ०५:५७:३१ बजे

Sajhamanch
'

नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने

शुक्रवार, असार १३, २०८२

काठमाडौं । काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालिको आयोजनामा नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ ।

आउँदो भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको बुढानिलकण्ठमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको प्रतियोगिता निर्देशक ज्योति भण्डारीले जानकारी दिनुभयो ।

कुल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टिमको प्रतिस्पर्धा हुनेछ । बुढानीलकण्ठ नगरपालिकाको चुनिखेलमा रोयल स्पोट्र्स पार्कमा लिग हुनेछ । सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ । लिगको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशीको व्यवस्था गरिने भने पनि यसबारे केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ । लिगका लागि टिम खरिद र खेलाडीको अक्सन हुने प्राविधिक निर्देशक रवीन्द्र गुप्ताले बताउनुभयो ।

एक जना मार्कीका साथै ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन् । राष्ट्रिय खेलाडीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ ।