२०८२ असार ११, बुधवार , ११:०९:१९ बजे

Sajhamanch
'

इरानमा अमेरिकाले गरेको आक्रमणले पूर्णरुपमा नष्ट नगरेको अमेरिकी गुप्तचरको मूल्याङ्कन : ट्रम्पको असन्तुष्टि

बुधवार, असार ११, २०८२

झापा । अमेरिकाले गरेको आक्रमणमा इरानको आणविक केन्द्रहरू नष्ट नभएको इरानी अधिकारीहरुले बताएका छन् ।

आणविक केन्द्रमा भएको आक्रमणले केही भौतिक क्षति गरे पनि पूर्णरुपमा नष्ट गर्न नसकेको गुप्तचर निकायले गरेको अनुसन्धानले देखाएको छ ।

बीबीसीका अनुसार पेन्टागनको रक्षा गुप्तचर एजेन्सीले गरेको प्रारम्भिक क्षति मूल्याङ्कनको विवरणले अमेरिकी आक्रमणका कारण इरानको विकास महिनौंअघि धकेलिएको निस्कर्ष निकालेको छ । तर अमेरिकाले यो मूल्याङ्कन पूर्ण रूपमा गलत भएको र राष्ट्रपति ट्रम्पलाई अपमान गर्ने स्पष्ट प्रयास भएको बताएको छ ।

यसअघि अमेरिका र इजरायलले इरानका प्रमुख आणविक स्थलहरू अराक, नताञ्ज र इस्फहानमा ध्वस्त पारेको र फोर्दोमा रहेको भूमिगत प्रशोधन केन्द्रलाई नष्ट गरेको दाबी गरेका थिए ।

यसैबीच, इजरायल र इरानबीच भएको युद्धविराम दुवै देशले स्वीकार गरेका छन् । तर इजरायलले इरानमाथिको आक्रमण रोकेको छैन ।

इरान आक्रमणबाट पछि हट्नु इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो देशको लागि ऐतिहासिक विजय भएको दाबी गरेका छन् भने इरानका राष्ट्रपतिले मासाउद पेजेस्खिनले इरानका नागरिकको पहलमा १२–दिने युद्धको अन्त्य गर्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलले युद्ध विराम उल्लङ्घन गरेको भन्दै रुष्ट भएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर