
झापा । इजरायल युद्धका कारण अस्ट्रेलियाले तेहरानमा रहेको दूतावास बन्द गरेको छ । अस्ट्रेलियाले सुरक्षाको कारण देखाउँदै इरानमा रहेको आफ्नो दूतावास बन्द गरेको हो ।
इजरायलले इरानको आणविक सुविधाहरूमा लगातार आक्रमण गर्न थालेपछि सुरक्षा वातावरण बिग्रिएको भन्दै अष्ट्रेलियाले आजदेखि तेहरानमा रहेको आफ्नो दूतावासको सञ्चालन स्थगित गरेको बताएको अन्तराष्ट्रिय समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
अष्ट्रेलियाली सरकारले सबै अष्ट्रेलियाली अधिकारीहरू र आश्रितहरूलाई आफ्रनो देश फर्किन पनि निर्देशन दिएको विदेशमन्त्री पेनी वोङले बताउनुभएको खबरमा उल्लेख छ ।
इरानबाट प्रस्थान गर्ने अष्ट्रेलियाका नागरिकलाई सहयोग गर्न छिमेकी अजरबैजान, यसको सीमा नाकाहरू सहित कन्सुलर कर्मचारीहरू परिचालन गरिएको छ ।
अस्ट्रेलियाको यो निर्णयसँगै इरान र इजरायल युद्धका विषयमा धेरै देशले प्रतिक्रिया दिन थालेका छन् । बेलायतले जेनेभामा फ्रान्स र जर्मनीसँग छलफल गर्ने तयारी गरेको छ ।
अमेरिकाले इरानमा आक्रमण गर्नका लागि दुई हप्ताको समय राखेका कारण यस बिचमा अमेरिका र बेलायतको बिचमा पनि वार्ता हुने अनुमान छ ।