२०८२ जेठ ८, बुधवार , १२:४७:१३ बजे

Sajhamanch
'

१९ वर्षमुनिको साफ च्याम्पियनशिप खेलेर नेपाली टोली स्वदेश फिर्ता

मङ्गलवार, जेठ ७, २०८२

काठमाडौं । १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ । आज स्वदेश फर्किएको युवा टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरे।

भारतमा भएको प्रतियोगिताको सेमिफाइनलमा नेपाली टोली सेमिफाइनलमा बङ्गलादेशसँग २–१ गोलले पराजित भएको थियो । नेपाली युवा टोली समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि भारतले जितेको थियो । फाइनलमा भारतले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हराएको थियो ।

सम्बन्धित खबर