
काठमाडौँ । चार करोड ५० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका ७ का ६२ वर्षीय शान्तिरमण पंगेनी र ५८ वर्षीय टीका पंगेनी रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँकाअनुसार उनीहरूलाई बुधबार पक्राउ परेका हुन्।
कमलप्रसाद ज्ञावलीको जाहेरीका आधारमा उनीहरूलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको हो।


