
काठमाडौं । चार कारोबार दिनपछि शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ०८ अङ्कले बढेर २ हजार ६५८ दशमलव ०२ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा लगानी समूहको शेयर साढे २ प्रतिशतले उकालो लागेको छ ।
आज नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३०८ वटा कम्पनीका १ करोड ९७ लाख कित्ता शेयर ७ अर्ब ८७ करोड रुपैयाँमा किनबेच भएको छ ।