२०८१ चैत २५, सोमवार , ०८:२७:१० बजे

Sajhamanch
'

आजको मौसम

सोमवार, चैत २५, २०८१

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

आज काठमाडौंमा आंशिक बदली रहनेछ । वर्षाको सम्भावना छैन । भोलिबाट भने काठमाडौंमा वर्षाको सम्भावना रहेको छ ।“भोलि (मंगलबार) काठमाडौंमा वर्षाको सम्भावना छ,” मौसमविद् सरोज पुडासैनी  भन्छन्, “मंगलबारभन्दा बुधबार काठमाडौंमा धेरै वर्षा हुने सम्भावना छ ।”आज दिउँसो २ बजेपछि दाङको घोराहीलगायत स्थानमा हुरीरबतासको सम्भावना रहेको छ । तर, ठूलो हुरीरबतास भने नचल्ने मौसमविद् पुडासैनी बताउँछन् ।हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

सम्बन्धित खबर