२०८२ माघ ७ बुधवार , ०६:४८:३७ बजे

Sajhamanch
'

कोशी र गण्डकीका एकरदुई ठाउँमा हिमपातको सम्भावना

बुधवार, चैत २०, २०८१

काठमाडौं । नेपालमा आज पनि पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अधिकांश भू-भागहरूमा तापक्रम वृद्दी हुँदै जाने सम्भावना रहेको छ । वर्षाको सम्भावना कम रहेको छ । जसका कारण सुख्खापन, आगोलागी तथा वायू प्रदुषण बढ्दै जाने सम्भावना रहेकोले सतर्क रहन सचेत गराइएको छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आज देशभरको मौसम
मङ्गलवार, माघ ६, २०८२
यस्तो रहनेछ आजको मौसम
आइतवार, पौष २७, २०८२
आजको मौसम
सोमवार, पौष २१, २०८२