२०८२ माघ ८ बिहिवार , १२:२४:०३ बजे

Sajhamanch
'

यस्तो छ आजको मौसम

बिहिवार, चैत १४, २०८१

काठमाडौं। पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आज देशभरको मौसम
मङ्गलवार, माघ ६, २०८२
यस्तो रहनेछ आजको मौसम
आइतवार, पौष २७, २०८२
आजको मौसम
सोमवार, पौष २१, २०८२