२०८१ चैत ४, सोमवार , ०३:५८:३३ बजे

Sajhamanch
'

युक्रेन युद्धबारे ट्रम्पले भोलि पुटिनसँग कुरा गर्ने

सोमवार, चैत ४, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि भोलि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन् ।

रुसको राजधानी मस्कोमा अमेरिकी र रुसी अधिकारीहरूबीच सकारात्मक वार्तापछि ट्रम्पले पुटिनसँग कुरा गर्ने बताएको रोयटर्सले जनाएको छ ।

ट्रम्पले युक्रेन–रुस दुवै पक्षबीच युद्ध अन्त्य गर्ने विषयमा धेरै छलफल भइसकेको र पुटिनसँग पहिलो पटक यसबारेमा कुरा गर्ने बताएका छन् । रुसले दाबी गरेको केही जमिनको विषयमा पनि छलफल हुने उनको भनाइ छ ।

अमेरिका र युक्रेनका युरोपेली सहयोगीहरूले रुसलाई युद्ध रोक्न दबाव दिइरहेका छन् तर पुटिनले यसबारे कुनै स्पष्ट जवाफ दिएका छैनन ।

अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविरामलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समर्थन गरेपनि रुसी राष्ट्रपति पुटिनले अझै अनुमोदन गरेका छैनन । उनले अमेरिकी प्रस्तावमाथि केही गम्भीर प्रश्नहरू उठाएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका बेला ट्रम्प र पुटिनबीच वार्ता हुन लागेको हो । रुस र युक्रेनबीच तीन वर्षअघिदेखि शुरू भएको युद्ध अझै चलिरहेको छ ।

सम्बन्धित खबर