२०८१ फागुन १४, बुधवार , ०९:५९:५१ बजे

Sajhamanch
'

आजको मौसम

बुधवार, फागुन १४, २०८१

काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान लुम्विनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।मौसमविद् हरिप्रसाद दाहालका अनुसार कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।“काठमाडौंमा आज वर्षाको सम्भावना छैन । दिनभर मौसम बदली हुनेछ,” मौसमविद् दाहालले  भने, “तर, वर्षा भने हुने छैन ।”

सम्बन्धित खबर