२०८१ माघ २९, मङ्गलवार , १२:४४:०५ बजे

Sajhamanch
'

भ्रष्टाचार सूचकाङ्कमा नेपालको एक अंक सुधार, १०७ औं स्थानमा

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । भ्रष्ट्राचार सूचकाङ्कमा नेपालले झिनो सुधार गरेको छ । नेपाल १०० मा ३४ अंक पाएर १०७औं स्थानमा रहेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)- २०२४ मा नेपालले झिनो सुधार गरेको हो ।

धेरै भ्रष्टाचार हुने देशहरुमा पर्ने नेपाल यसअघि १०८ औं स्थानमा थियो । अहिले १०७ मा परेर एक अंक सुधार गरेको हो ।

सार्वजनिक कार्यक्रममा ट्रान्सपरेन्सी नेपालका महासचिव डा. सागरराज शर्माका अनुसार, नेपालमा भ्रष्टाचार प्रमुख समस्या भएको र मुलुकको शासन व्यवस्थाको चुनौती नै रहेको बताए ।

सम्बन्धित खबर